गायक दुर्गेश थापाको दमौलीमा सांगीतिक कार्यक्रम हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । चर्चित गायक दुर्गेश थापाले नयाँ बर्षको अवसरमा दमौलीमा आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउदैछन् । होटल व्यवसायी संघ तनहुँको आयोजनामा चैत ३० गते बेलुका दमौली बजारमा हुने नयाँ बर्ष सांगितिक साँझ कार्यक्रममा प्रस्तुति दिन चर्चित गायक दुर्गेश थापा दमौली आउने भएका हुन् । संघले आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी दिएको हो ।

होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गीरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान् अध्यक्ष एवं गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गाबिलास भट्टराईले कार्यक्रममको बारेमा प्रकाश पार्नुभएको थियो । २०८० साललाई बिदाई नयाँ बर्ष २०८१ लाई स्वागत गर्ने दिनमा  यसक्षेत्रका मानिसहरुलाई मनोरन्जन दिन र पर्यटन प्रर्वदनको लागि गर्न लागिएको कार्यक्रममा गायक दुर्गेश थापासगै गायकगायीकाहरु संजिव सिंह राना, शुभद्रा श्रेष्ठ, विश्व बुढा परियार लगायतको प्रस्तुति रहने जानकारी गराईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?