लमजुङ्ग पाँउदीका लक्ष्मण पोखरेल काठमाडौमा सम्मानति

आरजु पौडेल
  • ख-
  • ख+

२८ चैत्र । काठमाण्डौ । लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं.७ पाँउदीका लक्ष्मण पोखरेलाई काठमाण्डौमा सम्मान गरिएको छ । सक्रिय गीतकार तथा संगीतकार पोखेरलले लायन्स क्लबको अभियानलाई सहयोग  पुग्ने गरि  गीतमा  संगीत प्रदान गर्नुभएकोले Lions Club of Kathmandu Siddhartha Gautam Buddha ले उहाँलाई सम्मान गरेको हो । क्लबले उहाँलाई एक कार्यक्रमका बिच काठमाण्डौमा प्रमुख अतिथी LCIF  Leader राजन लम्साल र बिशेष अतिथी District Governor चन्द्र कुमार के.सी. को हातबाट सम्मान गरेको हो ।
सम्मान पश्चात गीतकार एवं संगीतकार पोखरेलले आफु अझै सामाजिक क्षेत्रमा सक्रिय हुने बताउनुभएको थियो ।
पोखरेलले नारायण रेग्मीको शब्द रानी शाक्य महेश भण्डारीको स्वर रहेको ”बनौं हामी लायन” भन्ने बोलको गीतमा कर्णप्रिय सगीत प्रदान गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?