अरनिको मा.वि. मा अक्षयकोष स्थापनाका लागि जाग्यो पूर्व विद्यार्थी मंच

  • ख-
  • ख+

पुस्तक खरिदका लागि सहयोगको अपिल

तनहूँ । भानु नगरपालिका वडा नं. १३ ठुलोढुङ्गामा श्री अरनिको माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्र २०७८ देखि आधारभूत तहमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न लागेको छ । वर्तमान समयमा अंग्रेजीको अत्यन्तै माग हुने भएकोले सामुदायिक विद्यालयमा बिद्यार्थीहरुको घट्दो संख्या, समयको माग र अभिभावकहरुको चाहनालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०७८ देखि आधारभूत तहमा अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न लागिएको र अंग्रेजी माध्यममा पठनपाठन सञ्चालनको लागि विभिन्न पब्लिकेशनको पुस्तकहरु खरिद गर्नु पर्ने भएकोले बिद्यालयको लागि केही रकम अपुग भएकोले अरनिको माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गल गुरुङ्ग दिपु सहयोगी महानुभावहरुहरुलाई बिद्यालयलाई सहयोग गर्न अपिल गर्नुभएको छ । विज्ञप्तिमा वहाँहरुले इच्छुक भूपू विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरुलाई आर्थिक सहयोग गरिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछौ भन्नुभएको छ साथै गुरुङ्गका अनुसार पूर्व विद्यार्थी मञ्चद्वारा बिद्यालयको हकहितको लागि अक्षय कोष स्थापना गर्न लागिएको समेत जानकारी गराउनुभएको छ ।

पुर्व विद्यार्थी मन्चका पदाधिकारीहरुका अनुसार पाठ्य पुस्तक खरिदका लागि प्रत्येक बर्ष १ लाख बराबरको रकम आवश्यक पर्ने भएकोले अक्षयकोष स्थापना गर्न लागिएको हो र अक्षयकोष स्थापनाको लागि विद्यालयका शुभेच्छुक तथा बिशेष गरि पुर्व विद्यार्थीहरुबाट सहयोग आउने क्रम तिव्र रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्