गीतकार चिन्तामणि र निर्देशक रुपाखेतीले ल्याए ”रिटिङ रिटिङ” (भिडियो सहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । वरिष्ठ गीतकार चिन्तामणि शिवाकोटीको शब्द रचना रहेको नयाँ गीत ”रिटिङ रिटिङ” सार्वजनिक भएको छ । अहिलेका व्यस्त र चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको ”रिटिङ रिटिङ” मा दिपक लिम्बू र बेनिशा पौडेलको युगल गायन, दिपक शर्माको संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

विमल अधिकारी र गरिमा शर्माको अभिनय रहेको गीतलाई उत्सव दाहालले खिचेका छन् । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर तथा हाल नेपाल राष्ट्र बैंकका सञ्चाचालक समितिका सदस्य समेत रहेका गीतकार शिवाकोटीले ”यही त माया”  गीतको सफलतापछि ”रिटिङ रिटिङ” बजारमा ल्याएका हुन् ।

माया, प्रेम, विछोड, सुख, दुः ख , देशप्रेम सबै किसिमका गीतहरुमा कलम चलाउन सिपालु गीतकार शिवाकोटी पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा व्यस्त र चर्चाको शिखरमा रहेका गीतकारमा पर्दछन् । भर्खरै सार्वजनिक भएको गीत ”रिटिङ रिटिङ” बाट पनि उनी चर्चामा रहेका छन् ।

काजिस श्रेष्ठको कोरियोग्राफी, विनोद बमको सम्पादन र कलर, नन्दा अधिकारीको मेकअप, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको उक्त गीतबाट निकै आशा रहेको निर्देशक रुपाखेती बताउँछन् । काभ्रेको पाँचखालको रमणीयस्थलहरुमा छायाँकन गरिएको ”रिटिङ रिटिङ” ले दर्शक स्रोताहरुको मन जित्नेमा गीतकार शिवाकोटी र निर्देशक रुपाखेती ढुक्क छन् । गीत चिन्तामणि युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?