
१४ जेठ । काठमाण्डौ । युवा संगीतकार तथा गीतकार लक्ष्मण पोखरेलको शब्द र संगीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीत ”आँशु दिएर” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अजय कार्कीको रेकर्डिगं र मिलन शंकरको निर्दशन तथा छायांकन म्युजिक भिडियोमा मल्लिका राजोपाध्यया, जितेन ताम्राकार, सुगत कारान्जीत, श्री पाँच लगायतका कलाकारहरुले अभिनय गरेका छन् । मनोज चौलागाईको संगीत संयोजन रहेको गीतलाई चर्चित वरिष्ठ ध्वनि सम्पादन प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।
”गीतलाई मिठास ल्याउन र म्युजिक भिडियो बनाउनमा कुनै कम्प्रोमाईज नगरिएकोले गीतले छोटो समयमा दर्शक श्रोताहरुको मन जितीरहेको” संगीतकार तथा गीतकार पोखरेलले बताएका छन् । ”धेरै समयपछि एउटा मिठो गीत दर्शक श्रोता माझ ल्याउन पाएकोमा” गायक प्रमोद खरेल पनि खुसी व्यक्त गर्दै ” गीत लामो समयसम्म चल्नेमा आफु आशावादी भएको” बताए ।
पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक प्रमोद खरेलको स्वर र म्युजिक भिडियोले गीतलाई जिवन्त बनाएको छ ।