गीत संगीतलाई हल्कारुपमा लिनुहुदैनः गीतकार गीता गिरी

लक्ष्मण पोखरेल
  • ख-
  • ख+

जिन्दगी आफैमा एउटा गीत हो कविता हो । यसलाई कसरी बुझने भन्ने कुराले मान्छेको जीवनमा महत्व राख्दछ । त्यसैैले त भन्ने गरिन्छ कि मान्छेको जीवन एउटा खुला किताव हो । सबैले बुझन सकुन । मलाई कहिले काहि लाग्छ कि मेरो जीवन पनि त्यस्तै होस । कितावका चाङहरु भित्र हराई रहोस । मेरा दर्शक श्रोताहरुले खोताल्दा मलाई तिनै चाङ भित्र पाउन । मेरा सृजनाहरु हावाको झोका झै कहिकतै नबिताउनु । पछिल्लो समयकी एक चर्चित गीतकार गीता गिरीको गीत कविताहरुले उनलाई पक्कै पनि कतै बिताउन दिने छैनन् । उनका शब्दहरुमा देशका माटोहरु बोलिरहेका हुन्छन् । मान्छेहरुका भावनाहरु दौडिरहेका हुन्छन् । जाजकोटमा जन्मे हुर्केकी गीता गिरी सानैदेखि कला साहित्य भने पछि हुरुक्कै हुन्थिन । भविष्यमा गीतकार नै बन्छु भन्ने एकरति पनि विश्वास उनलाई लागेको थिएन रे !  कला क्षेत्रमै रुचि भए पनि गीत लेखेर रेकर्ड गरेर गीतकारको परिचय बनाउने सपना नदेखेकी गीताले संगीतकार राजु सिंहसंगको एक भेटका कारण आज गीतकारको परिचय बनाउन सफल भएको बताउछिन् । वरिष्ठ संगीतकार राजु सिंहसंगको त्यो भेट मेरा लागि एउटा बरदान नै सावित भयो । मैले जानेर या नजानेर कहिले काहि गीत कविता लेख्ने गर्दथे । राजु सरले मेरा ति गीतहरुलाई रेकर्ड गर्न दर्शक श्रोता माझ लान सल्लाह सुझाब दिनु भयो । त्यस पछि मेरा शब्दहरुले प्राण पाए । कापीका पानाहरुमा थन्कीरहेका मेरा गीतहरु आम मानिसहरु माझ पुगे । अधुरो मेरो जीवनकथा दैवले जरायो बाच्ने रहर धेरै नै थियो यो गति गरायो । उनले लेखेको पहिलो गीत हो । हेरुँ हेरुँ लाग्दा मलाई जति हेरे पनि उनको पहिलो रेकर्ड भएको गीत हो । जसमा राजु सिंहको संगीत एलिना चौहानको स्वर रहेको छ । उनले लेखेका एकदर्जन भन्दा बढी गीतहरु विभिन्न गायक गायिकाको स्वरमा रेकर्डिङ भईसकेका छन् ।

काठमाण्डौको पद्यमकन्या क्याम्पसमा पढ्दै गर्दा गीता गिरीका कविताहरु कलेजका कार्यक्रममा खुवै वाचन हुने गर्दथे । कलेजका साथीहरुले उनका कविताहरुमा नाटकमंचहरु पनि गर्थे । साहित्य प्रतियोगीताहरुमा भाग लिन हौसला प्रदान दिनेदेखि उनका हरेक साहित्यीक गतिविधिमा हौसला दिने गर्थे । उनको शुरुवाती यात्रा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला शाखा जाजरकोटबाट भएको थियो । जिल्लामा हुने हरेक गतिविधिमा उनको सकृय सहभागिता रहन्थो । गाउन नाच्न पनि उक्तिकै खप्पिस गीता हाल बेलायतमा बसेर नेपाली गीत संगीतलाई प्राण भरिरहेकी छन् । गायक उदित नारायण झा प्रमोद खरेलको गीतहरु मन पराउने गीतालाई नेपाली गीत संगीतमा केहि नया कामहरु गर्ने ईच्छा र चाहना रहेको छ । विषेश गरी गजल आधुनिक गीत लेख्न मनपराउने गीतालाई सस्तो भाईरल भन्दा अमर सदाबहार कामहरु गर्न मन छ । गीत संगीत भने आज एउटा आवाज हो । यसले सबैको मन जित्नु पर्दछ । गीत संगीतमा नरमाउने सायद यो दुनियामा कमै होलान । हामीले गीत संगीतलाई हलुका रुपमा लियौ भने यसको मर्म नै मर्दछ । थोरै काम गर्ने यादगार काम गर्ने मेरो चाहना रहेको छ । पछिल्लो समय समाजसेवा पनि सकृय गीता बिदेशमा बस्दा गाउघर देशको माया सारै सताउने गर्दछ भन्छिन् । मनमा देश दुख्छ अनि सृजनाले मनलाई बहकाउछ । मैले देश समाजलाई सम्झिएर लेखेका मेरा सृजनाहरु दर्शक श्रोता माझ ल्याउने तयारी गरीरहेको छु भन्छिन् ।

चलन चल्तिका गीत संगीतहरु पनि लेख्न मन पराउने गीतालाई नेपालको पोखरा मुस्ताङ जन्मठाउ जाजरकोट मन पर्ने रहेछ । कुनै दिन सकृय राजनितिमा लागेर देश र जनताको सेवामा तत्लिन गीतालाई पछिल्लो देशको अवस्थाले उदेक लागेको बताउछिन् । देशका युवाहरु सबै विदेश पलायन भईरहेका छन् । सरकार र दलहरुसंग देश निर्माण गर्ने कुनै योजना छैन कसरी देश बन्छ ? भविष्यमा देशमै बसेर सकृय राजनितिमा आउन सक्ने योजना समेत बनाएकी गीतालाई देशको मायाले मुटु पोल्ने गरेको रहेछ । गीताको गीतमा एलिना चौहान, मिलन नेवार, धर्मेन्द्र सेवान, शिव परियार लगायतका चर्चित गायक गायिकाले स्वर दिईसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?