जर्मन फर्किए मोडल तथा कलाकार अनुपजंग थापा

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । कलाकार तथा मोडल अनुपजंग थापा बिचित्र जर्मन फर्किएका छन् । लक्ष्मण पोखरेलको संगीत स्वरुपराज आचार्य अन्जु पन्तको स्वर रहेको हिट गीत दिल रोएरको बेलाका कलाकार अनुपजंग थापा विचित्र केहि समयको नेपाल बसाईलाई छोट्टाएर जर्मन गएका हुन् । छोटो समयमा विभिन्न चर्चित गीतहरुमा मोडलिङ गरेका थापा विगत केहि वर्षदेखि अध्ययानका क्रममा जर्मनमा बस्दै आएका छिन् । उनले अभिनय गरेका चर्चित गीतहरुमा दिल रोएको बेला, तिम्रो मेरो दिलको बास,महङगो भो तिम्रो माया, सताएर जाउ, सुनिदिने कोहि भए,लगायतका एकदर्जन भन्दा बढी रहेका छन् ।
कलाकारितासंगै समाजिक कार्यमा पनि उक्तिकै सकृय थापाले अविदित फाउन्डेसन मार्फत सामाजिक कार्यमा पनि सकृयता देखाएका छन् । अविदित फाउन्डेसनले पछिल्लो समयमा नेपालका विभिन्न ठाउँमा सामाजिक कार्यमा सहयोग गर्दैआएको छ । भविष्यमा एउटा ठूलो च्यारिटि सो गरेर नेपालमा अल्पसंख्यक पिछडिएका वर्ग समुदायलाई राहत पुग्ने गरी काम गर्ने फाउण्डेशनको लक्ष्य रहेको थापाले बताएका छन् सोहि च्यारिटि शो तयारीका लागि थापाले विभिन्न देशमा एउटा अभियान चलाउदै आएका पनि छन् । सामाजिक कार्यको साथसाथै नेपाली गीतसंगीतमा पनि उक्तिकै सकृय थापा एउटा राम्रो कलाकारको रुपमा चिनिन्छन् । नेपाली नायिकाहरु बेनिशा हमाल, शिल्पा पोखरेल, रन्जना गुरुङ, रिचा शर्मा, सोनिया विक लगायतका कलाकारहरुसंग उनले स्क्रिन ेयर गरिसकेका छन् । स्वरुपराज आचार्य, अन्जु पन्त, प्रमोद खरेल लगायतका नाम चलेका गायकगायिकाको गीतहरुमा पनि थापाले अभिनय गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?