गीतकार जि एम दिपु र अनुपको महङगो भो मायालाई १० लाख भ्युज (भिडियोसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । गीतकार जि एम दिपु दिपेन्द्रको शब्द रचना रहेको गीत महङगो भो मायालाई छोटो समयमा लोकप्रिय भएको छ । उक्त गीतले टोटो समयमा नै युट्युवमा दश लाख भ्युज मिलेको छ । गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको संगीत रहेको गीतमा अनुपजंग थापा र सोनी विश्वकर्माको अभिनय रहेको छ । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन भने राहुल बराईलीको कोरियोग्राफी रहेको छ ।
छोटो समयमा दर्शक श्रोताहरुले गीतलाई मन पराएर माया गरिदिनु भएकोमा एकदमै खुसी लागेको गीतकार दिपेन्द्रले बताएका छन् । निर्देशक रुपाखेती पनि गीतले सफलता पाएकोमा मख्ख छन् । मोडल अनुपजंग थापा गीतको सफलतामा दर्शक श्रोताहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छन् ।
पछिल्लो समय म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा बनेका दिल रोएरको बेला तिम्रो मेरो दिलको बास बोलको गीतको म्युजिक भिडियो पनि युट्युवमा राम्रो भ्युज पाईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्