
काठमाण्डौं । गायिका रिज्योना कार्कीको शब्द र संगीतमा ”मेरो अनुरोधमा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालगायिका कल्पना विष्ट र बाल गायक आर्यन पाण्डे स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा विशाल निरौलाको संगीत संयोजन र मिक्सिङ मास्टरिङ नरेश पाण्डेको रहेको छ भने गीतको म्युजिक भिडियोलाई ए जे अजुले निर्देशन गरेका छन् । गीत युवा पुस्तामा लोकप्रिय बनिरहेको गायिका रिज्योना कार्कीको शब्द र संगीतमा मेरो अनुरोधमा गीतको म्युजिक भिडियोको सम्पादन अनिल विष्ट प्युठानीको रहेको छ ।
गीतको भिडियोमा कल्पना विष्ट र बाल गायक आर्यन पाण्डेले अभिनय गरेका छन् । गायिकासंगै गीतकार संगीतकारको रुपमा चिनिएकी सुन्दरी गायीका रिज्योना कार्कीको संगीतलाई लिएर यत्तिखेर सांगीतिक बजारमा चर्चा चलेको छ । गीतलाई दर्शक श्रोताहरुले मन पराईदिनु भएको र गीत युवा पुस्तामा लोकप्रिय बनिरहेको गायिका रिज्योना कार्कीले बताईन । उक्त गीत गायिका रिज्योना कार्की अफिसियल युटुब च्यानलमा हेर्न सकिन्छ ।