तेस्रो संस्करणको फेसन फेयर अवार्ड अगष्टमा हुदै

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । ईभेण्ट आयोजक ड्रिम सर्च एजेन्सीले अगष्टमा फेसन फेयर अवार्ड गर्ने भएको छ । शनिवार नगरकोटमा पत्रकार सम्मेलन गर्दै कम्पनीले अवार्ड सेरेमोनी आयोजना गर्न लागेको जानकारी गराएको हो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल निकोन क्षत्रीले फेसन, इभेण्ट, म्युजिक, बिजनेश र सोसल विधामा अवार्ड वितरण गरिने बताए ।

यसअघि मल्ल होटलमा दोस्रो संस्करणको अवार्ड शो सम्पन्न भएको थियो र यो तेस्रो संस्करणको अवार्ड शो हो। कम्पनीले समाजिक दायित्वलाई निभाउने र राष्ट्रिय महत्वका क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरुलाइ यो अवार्ड प्रदान गर्नेछु क्षत्रीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?