कोरोना र आलोचनालाई वेवस्ता गर्दै पोखरामा पत्नीसँग राजेश हमालको मस्ती

  • ख-
  • ख+

काठमाडौं । कोरोनाका कहरकाबीच अभिनेता राजेश हमाल पत्नी मधुसहित पोखरा पुगेका छन्।

एक टेलिभिजन कार्यक्रम जातको प्रश्न चलाइरहेका हमालमाथि सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

क्रिश्चियन संस्थाको कार्यक्रम राजेश हमालले चलाएको भन्दै आलोचना जारी रहँदा हमालले यसबारे धारणा वा प्रतिक्रिया सावैजनिक गरेका छैनन् ।

त्यसो त महानायक प्रकरण उत्कर्षमा पुगेपछि मात्र हमालले त्यसबारे धारणा सार्वजनिक गरेका थिए ।

जातमाथि क्रिश्चियन संस्थाले गरेको लगानीका बारेमा बहस जारी रहँदा उनी भने पोखरा घुमफिरमा व्यस्त बनेका हुन् ।

आलोचनाहरु जारी रहेपनि उनले साथीभाइसँगको भेटघाट र पत्नीसँगको घुमघामको तस्वीर सामाजिक सञ्जालमा राखिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्