काठमाडौँ — गायिकाद्वय समीक्षा अधिकारी र शान्तिश्री परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । लोमश शर्माको प्रस्तुतिमा तयार गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द र संगीत पुरुषोत्तम गैरेको छ । गीतको भिडियोमा लोमशसँगै प्रियंका कार्की, लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् । लोमशको निर्देशनमा बनेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् । भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।
लोमशको प्रस्तुतिमा यसअघि ‘गोर्खे खुकुरी’ गीत सार्वजनिक भएको थियो । निश्चल दवाडी र शान्तिश्री परियारको स्वर रहेको गीतले ५ महिनाको अवधिमा युट्युबमा ४ करोड २८ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।








