काठमाण्डौ । अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलको संगीतमा तयार पारिएको तीज गीत तिजैले जुरायोमा बाल गायिका आर्श्रीया सुबेदीको स्वर रहेको छ । गीतकार अनिल सुवेदीको शब्द रचना रहेको छ ओएसआरबाट सार्वजनिक भएको हो ।
हाल बजारमा आईरहेका तिज गीतहरु मध्येकै एक उत्कृष्ट गीतको रुपमा रहेको उक्त अन्य गीतहरु भन्दा फरक शैलीको रहेको छ । अशोक थापाको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ प्रकाश मिश्रको मिक्सिङ मास्टिरिङ रहेको छ । गीतको भिडियो निर्देशन अहिलेका व्यस्त र चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले गरेका छन् ।
चर्चित मोडल स्मारिका ढकालको अभिनय रहेको गीतमा राहुल बराईलीको नृत्य उत्सब दाहालको छांयाकन,मिन रावलको सम्पादन रहेको छ । नेपाली महिलाहरुको महान चाड तिजको अवसरलाई लक्षित गरि ल्याईएको तिजैले जुरायो गीतबाट गीतकार अनिल सुबेदी निकै नै आशावासी रहेको बताउनु हुन्छ । दर्शक श्रोताहरुले गीतलाई मन पराईदिनेमा बाल गायिका आर्श्रीया सुवेदी पनि आशावादी रहेकी छन् । गीत दर्शक श्रोताहरुले रुचाउने शैलीमा तयार परिएको संगीतकार लक्ष्मण पोखरेल बताउछन ।
गीत र संगीतको मर्मत अनुरुप भिडियो तयार पारिएको निर्देशक कृष्णदेव रुपाखेतीले बताए । गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाकी नराखीएको छांयाकार उत्सव दाहालले बताउछन । ओएस आरबाट सार्वजनिक भएको गीत रमाईलो खालको रहेकोले दर्शक श्रोताहरुले रुचाउनेका मोडल स्मारिका ढकाल पनि विश्वस्त छिन् ।