लक्ष्मण पोखरेलको संगीतमा यसपालि ३ वटा तीज गीत आउदै

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्को गीत बजारमा ल्याईरहेका संगीतकार लक्ष्मण पोखरेलको संगीतमा यसपालि तिन ओटा तीजको गीत बजारमा आउदै छन् । बाल गायिका आर्श्रिया सुवेदीको स्वरमा रहेको तीज गीत ”तीजैले जुरायो”, शान्ति श्री परियारको स्वरमा रहेको ‘‘लाग्छ कि लाग्दैन भिषा बरिलै” र ”मै राम्री होकी” बोलका गीतहरु आउदैछन ।
चर्चित गायक गायिकादेखि विश्व प्रख्यात गायक उदित नारायण झा,दिपा नारायण झा राजेशपायल राई, स्वरुपराज आचार्य अन्जु पन्त मिलन नेवार समिक्षा अधिकारी शान्तिश्री परियार प्रमोद खरेल शिव परियार प्रताप दास सुरेश लामा एलिना चौहान रिज्योना कार्की लगायतका चर्चित गायिकाहरुले गाएका गीतमा संगीत दिईसकेका पोखरेलले महिलाहरुको महान चाड तिजलाई लक्षित गरेर तिजका गीतहरु बजारमा ल्याउन लागेका हुन् ।
यस अघिनै ‘‘आईफोन हरायो”, ”हा बरै हाहाहा ” बोलको तीज गीत बजारमा ल्याएका पोखरेलको संगीतमा ”दिल रोएको बेला”, ”आँशु दिएर गयौ”, ”थाहा छैन आज भोली”, ”छोरीको जन्म”, ”दिल रुन्छ जब” लगायकका गीतबाट चर्चामा रहेका पोखरेल निकट भविष्यमा अझ राम्रा राम्र गीतहरुमा संगीत दिने बताएका छन् ।
काठमाण्डौमा रहेर लामो समयदेखि बिशेषगरि गीत संगीत तथा लेखनमा पनि व्यस्त पोखरेल लमजुङको पाउदी बजार निवासी हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?