मोडल वा नायीका बन्न नचाहने गायीका रिज्योना

लक्ष्मण पोखरेल
  • ख-
  • ख+

पछिल्लो पुस्तामा निकै नै सम्भावना भएकी र निकै व्यस्त गायिकाको रुपमा चर्चित रिज्योना कार्की गीत संगीत मेरो प्राण हो भन्छिन् । । सानैदेखि गीत संगीतमा अभ्यस्त रिज्योना हरेक किसिमका गीत गाउन खप्पिस छिन् । तिमीलाई पाए,तिम्रो सबै कुरा,मजा बेग्लै छ,माया लाईन्छ,खै किन जीवन साथी,थाहा छैन तिमीलाई,तिम्रो सबै कुरा मन पर्छ, माईत जाने हो,सोल्टीनी कान्छि, मेरो अनुरोधमा, जस्ता चर्चित गीतकी गायिका समेत रहेकी रिज्योना गीत संगीतमै केहि गर्ने अठोटका साथ नेपाली सांगीतिक क्षेत्रमा लागि रहेकी छन् ।
उदयपुरमा जन्मेर्की उनी सुन्दरी गायिकाको रुपमा पनि चिनिन्छिन । जस्ता पायो त्यस्तै संगीत मन नपाराउने रिन्जोनलाई म्युजिक भिडियोको लागि पनि बेला बखत अफर आउने गर्दछ रे तर उनी अहिले म संगीतमै रमाईरहेको छु भन्दछिन्। मोडलिङमा कुनै सोच बनाएको छैन हेरौ भविष्यमा आफ्नै गीतहरुमा मोडलिङ चाहि ईच्छा रहेको पनि उनी बताउछिन् । विशेष गरि मेलोडि गीतहरु सुन्न मन पराउने रिज्योना हरेक किसिमका गीत गाउन चाहन्छिन । एउटा गायिका भईसके पछि यो र त्यो भन्दा पनि सबै गीतहरु गाउन सक्नुपर्छ । म भर्सटाईल गायिकाको रुपमा सांगीतिक क्षेत्रमा चिनिन चाहन्छु उनी भन्छिन् । गीत गाउनको अलवा घुम्न मन पाउने गायिकालाई नेपालको पोखरा, मुस्ताङ र जिरि मन पर्ने ठाउ हुन् । स्व. स्रमाट नारायण गोपाल,गायिका अन्जु पन्तको प्रमोद खरेलका गीतहरु मन पराउने यी गायिकालाई खानामा नेपाली दाल भात तरकारी नै मन पर्छ । हाल केहि नया गीतहरुको रेकर्डिङमा व्यस्त रहेको बताउने रिज्योना पछिल्लो नेपाली गीत संगीतमा देखिएको विकृतिप्रति खुसी छैनन् । हिट हुनको लागि जस्तो पनि गीतहरु गाउने निकाल्ने चलन बढी मौलाईरहेको छ । यसले नेपाली गीत संगीतलाई राम्रो गरिरहेको छैन । बिकृत फैलाईरहेको छ । हिट हुनलाई त्यस्ता गीतहरुको साहरा लिनेहरु धेरै दिन नटिक्ने उनी बताउछिन् । आज नेपाली संगीतमा जति पनि गायक गायीकाहरु चलेका र हिट भएका छन ति सबै आफुमा दम भएर चलिरहेका छन । जोसंग दम छैन तिनीहरु अनेक हर्कत गरिरहेका छन् । मलाई त्यस्तो गर्नु छैन उनी भन्छिन । नेपाली सांगीतिक क्षेत्रमा मौलाईरहेको बिकृतीले हामी जस्ता कलाकारहरुलाई केहि असर गरे पनि हामी त्यो दौडमा नरहेकोले केहि फरक नपर्ने रिज्योना बताउछिन् । गीत हिट हुनलाई शब्द संगीत, स्वर एरेन्ज,सबैको उत्तिकै हात हुने भएकोले हामीले सृजनामा ध्यान दिन आवश्यक रहेको रिन्जोनाको भनाई छ । भविष्यमा नेपाली गीत संगीतमा केहि फरक शैलिका गीतहरु ल्याउने तयारी गरिरहेकी रिज्योना हाल त्यसैको तयारीमा जुटिरहेकी छन् । आवाजमा जत्ति माधुर्यता छ त्यत्ति नै व्यवहार सरल भएकी यी गायिकालाई नायिका हुने रहर भने पटक्कै छैन रे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?