काठमाण्डौ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सिरयिल ”सुन्तलीको पोइ” निर्माण भईरहेको छ । मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती, इश्वरी प्रसाद अधिकारी र्मिाता रहेको हास्यब्यगं सिरियल सुन्तलीको पोइ निर्माण भईरहेको हो ।
नबराज अधिकारी , इश्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम, डा. प्रकाश पोखरेल (प्रनिस) सुनिता डुंगाना, पासाङ तामाङ , चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइलाई सन्तोष पराजुलीले छायांकन गरेका छन् । सिरियलमा मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन रहेकोछ । निकै मनोरन्जनात्मक बनेको सिरियललाई असोज १ गतेबाट युट्युव च्यानलमा रिलिज गर्ने तयारी गरेको कुरा निर्माणपक्षले जानकारी दिएकोछ ।








