काठमाडौ । कमेडी च्याम्पियनका निर्माता, निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले नयाँ व्यवसाय थालेका छन् । टेलिभिजन कार्यक्रममार्फत दर्शक हँसाउने विशालले अब नेपालीलाई मीठो परिकारको स्वाद पनि चखाउने भएका छन् ।
विशालले फुड डेलिभरि एपको व्यवसाय थालेका छन् । आफ्नो कम्पनी थ्री प्रोडक्शनबाट डब्ल्यूएल फुडसंग मिलेर उक्त व्यवसायमा लगानी गर्न लागेको हुन् । चौबिसै घण्टा सेवा दिने उक्त एप अरुभन्दा फरक भएको भण्डारी बताउँछन् ।
भण्डारीले अहिले आफू काठमाडौंमा मात्र सेवा दिने र पछि नेपालभरी नै यो सेवा पुर्याउने योजनामा रहेको बताएका छन् ।
हँसाउने विधाबाट अचानक फूड एपतिर कसरी आकर्षित हुनु भयो ? भन्ने जिज्ञासामा निर्देशक भण्डारी भन्छन् ‘व्यवसाय फैलाउने प्रमुख उद्धेश्यले हो । यसको साथै डब्यूएल फुडको टिम मन परेर पनि हो । अर्को कुरा भन्नु पर्दा सर्भिस सेवामा काम गर्नुको मज्जा नै छुट्टै छ । ग्राहक सन्तुष्ट हुँदा आफूलाई हुने खुशीको अनुभवका कारण पनि यो व्यवसायतिर आकर्षित भएको हुँ ।’
कलाकर्मी डट कम









