गीतकार डा. शम्भु जमरकट्टेल हेदाङ्नेको ”कसले देला बलिदान ?” बोलको गीतको भिडियो सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

गीतकार डाक्टर शम्भु जमरकट्टेल हेदाङ्नेको ”कसले देला बलिदान ?” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ कलाकार गायक मदनकृष्ण श्रेष्ठको स्वरमा सार्वजनिक गरिएको गीतमा कृति न्यौपाने संगीत रहेको छ । गीतकार डाक्टर शम्भु जमर कट्टेलले गीतमा देशको यथार्थ परिस्थितिलाई चित्रण गर्दै विदेशिन बाध्य भएका युवाहरूको पिडा, किसानको पीडा देखिन्छ ।
भरिया, कसैलाई यो जिन्दगी, दैला माथि तिम्रो तस्विर, वुद्द तिम्रो देशमा, माथि माथि सैलुङ्गैमा लगायतका दर्जनौ गीतहरु लेख्नुभएका गीतकार जमर कट्टेलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठका साथमा राहुल श्रेष्ठ अनिल राउत महेन्द्र मैनाली लगायतले अभिनय रहेको छ ।
गीतको मुख्य उद्देश्य चाहिँ देशमा रोजगारीको सिर्जना भएन देशमा युवाहरुलाई भविष्य देख्ने कुनै कार्य भएन काम भएन उद्योगधन्दाहरु जम्मै बन्द भए अब रोजगारी के गर्ने हामी कसरी कसरी बस्ने यो देशमा बस्ने वातावरण भएन गाउँहरू पूरा रित्तो भइसके भन्ने विषय प्रष्ट रुपमा देखाउन खोजिएको म्युजिक भिडियोको निर्देशक कृष्णदेव रुपाखेती, छायांकार मुकेश हुमागाईं, सम्पादन मिन रावल र कोरियोग्राफरमा राहुल बराइली रहेका छन् । उक्त भिडियो शशीकुञ्ज युट्युब च्यानल मार्फत बजारमा रिलिज भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?