
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा गीतकारको रुपमा बेग्लै परिचय बनाउन सफल गीतकार नुतन भुषालको नया गीत आउ है बसौ सार्वजनिक भएको छ । युवा गायक स्माईल दासको स्वर र सुनिल मास्केको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन युवराज वाईवाले गरेका छन् । गायक स्माईलले नै भिडियोमा अभिनय गरेका छन । विशाल परियारको छांयाकन, विकाश दाहालको सम्पादन रहेको गीत नुतन म्युजिक युटुव च्यानल मार्फत बजारमा आएको छ । आउ है बसौ गीतलाई दर्शक श्रोताहरुले मनपराई दिनेमा गीतकार भुषास आशावादी रहेकी छिन् ।