प्रतिभाशाली युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा ‘फूल टिपी’ गीत सार्वजनिक ( भिडियोसहित)

सर्वज्योति
  • ख-
  • ख+

प्रतिभाशाली युवा संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको गीत ‘फूल टिपी’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको संगीत रहेको गीतमा गायिका रिज्योना कार्कीको स्वर र अशोक थापाको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ । हाइटेक इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा टिकटकमा चर्चित मोडल अञ्जना तामाङको अभिनय रहेको छ । चर्चित नृत्य निर्देशक तथा निर्देशक कविराज गहतराजको नृत्य र निर्देशनमा निर्माण गरिएको गीतलाई दर्शक श्रोताहरुले रुचाइदिनेमा आफूहरु आशावादी रहेको गायिका रिज्योना बताउँछिन् ।

दुर्गा पौडेलको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको गीतलाई मनोज डंगोलले रेकर्डिङ र मिक्सिङ गरेका हुन् । हाइटेक इन्टरटेन्मेन्टले यसअघि पनि विभिन्न गीत संगीतहरु बजारमा ल्याइसकेको राजेन्द्र मानन्धरले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?