लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी डिसेम्बर २२ तारिख (पुस ७ गते) आइतबार हङकङमा ‘मर्स्याङ्दी नाइट–६’ अर्थात मर्स्याङ्दी साँझ–६ आयोजना हुने भएको छ ।
यसअघि ५ पटक सफलतापूर्वक मर्स्याङ्दी नाइट सम्पन्न गरेको लमजुङ सेवा समिति हङकङले युएन लङस्थित अडिटोरियम थिएटरमा साँझ सवा ७ बजे ‘मर्स्याङ्दी नाइट–६’ को आयोजना गर्न लागेको हो ।
लमजुङ सेवा समिति हङकङले सम्पर्क समिति लमजुङमार्फत स्थापना गरेको अक्षयकोषलाई १ करोड रुपैयाँको अक्षयकोष बनाउन ‘मर्स्याङ्दी नाइट–६’ को आयोजना गर्न लागेको नोभेम्बर १० तारिखमा आयोजित जानकारी सभामा अध्यक्ष श्यामकुमार गुरुङले बताए । उनले ‘मर्स्याङ्दी नाइट–६’ हङकङमा रहेका सम्पूर्ण नेपालीको कार्यक्रम भएकाले सहयोग गर्न सवैमा अपिल गरे ।
घ(ज्ञठघज्ञद्धण्ढढठढ।वउन
लमजुङ सेवा समिति हङकङले मातृभूमि लमजुङमा शिक्षा, स्वास्थ्य तथा परोपकारी कार्यमा सहयोग गर्दै आएको छ । यसका लागि स्थापना गरिएको अक्षयकोषलाई बढाएर १ करोड रुपैयाँ बनाउन ‘मर्स्याङ्दी नाइट–६’ कार्यक्रमको आयोजना गर्न लागेको समितिका सचिव ओमप्रसाद गुरुङले बताए ।
अक्षयकोषमा हाल करिब ४४ लाख रुपैयाँ रहेकोमा थप रकम संकलन गर्ने उद्देश्यले ‘मर्स्याङ्दी नाइट–६’ कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक लमजुङ सेवा समिति हङकङले जनाएको छ ।
लमजुङ सेवा समिति हङकङले आफ्ना सदस्यहरुबाट संकलन गरेर विपदमा परेकालाई समेत सहयोग गर्दै आएको छ । गत असारमा जिल्लामा बाढीपहिरोबाट ज्यान गुमाएका तथा घरबारबहीन पीडित परिवारलाई ११ लाख २३ हजार ५ सय ४० रुपैयाँ सहयोग गरेको थियो । यो समेत गरी लमजुङ सेवा समिति हङकङले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाजिक सेवा तथा परोपकारी कार्यमा ७५ लाख रुपैयाँ बढी सहयोग गरिसकेको छ ।
हङकङमा रहेका लमजुङे संगठित भई सन् १९९८ मा स्थापना भएको लमजुङ सेवा समितिले गृह जिल्ला लमजुङमा तमू संग्रहालय भवन निमार्ण देखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ । समितिले २०७० मा १५ लाख बाट सुरु गरको अक्षयकोषमा हाल ४४ लाख पुगेको जनाएको छ ।
तस्बिरः एचकेनेपाल डटकम