
काठमाण्डौ । वरिष्ठ गायक उदय सोताङ्ग र गायिका ममता हिङ्माङको स्वरमा रहेको गीत तिम्रो मेरो सम्बन्ध” गीतको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष गुरुङको शब्द रचना रहेको गीतमा गायक उदय सोताङ्गको संगीत कृष्ण लिम्बुको संगीत संयोजन सुरज प्रधानको रेकर्डिङ दिनेश न्यौपानेको मिक्सिङ् मास्टरिङ रहेको छ । गीतको भिडियो दाउथ राईले निर्देशन गरेका छन् । कलाकारमा सुरेश कोहिल र गायिका ममता हिङगमाङले अभिनय गरेका छन् । सुमुधुर मेलोडीमा तयार भएको गीतलाई राम चन्द्र राईले छायांकन दिनेश शाहले सम्पादन गरेका छन । गीतको निर्माताको रुपमा सुस्मा गुरुङ हुन् । उदय मनिला सोताङ्ग युटुव च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक श्रोताहरुले मन पराई दिनेमा गीतकार सन्तोष गुरुङ आशाबादी रहेका छन् ।