काठमाण्डौ । लमजुगंको सुन्दरबजार नगरपालिका पाउदी बजारका लक्षमण पोखरेलको संगीत र राजेशपायल राईको स्वरमा NPL सम्बन्धि गीत सार्वजनिक भएको छ । । नारायण रेग्मीको शब्द रचनामा रहेको उक्त कर्णप्रिय गीतमा अशोक थापाको संगीत संयोजन रहेको छ ।
नेपाली क्रिेकेट फ्यान र खेलाडीहरुलाई उत्प्रेरणा दिने गरि तयार पारिएको गीतमा लोकप्रिय गायक राजेश पायल राईको मिठासपूर्ण स्वर दिएका छन् । बजारमा आईरहेका क्रिकेट गीतहरु मध्येमा फरक खालको खेलौ एनपिएल हेरौ एनपिएल (NPL) गीतले क्रिकेटका फ्यानहरुमाझ राम्रै स्थान पाउने गायक राईले आशा लिएका छन् । साथै नेपाली खेलखुदको विकाशको लागि यो गीतले खेलप्रेमी दर्शकहरु र खेलाडीहरुलाई थप हौसला प्रदान गर्नेमा आशावादी रहेको गायक राजेशपायल राईले बताएका छन् ।
किरण सिंह थापाको रेकर्डिङ मनोज डंगोलके मिक्सिङ मास्टरिङ रहेको गीतमा नरोत्तम पाण्डेको क्यामरा र सम्पादन रहेको गीतको म्युजिक भिडियोमा Key of life युटुव च्यालनबाट सार्वजनिक भएको छ ।


छुटाउनुभयो कि ?






