सुपर हिरोको कथामा फिल्म बनाउँदै निखिल उप्रेती

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । फिल्म क्षेत्रमा यतिबेला कमब्याकको लहर चलिरहेको छ । राजेश हमाल, विराज भट्ट, राजबल्लभ कोइराला जस्ता कलाकारले कमब्याक गरिसकेका छन् ।

यस्तैमा अभिनेता निखिल उप्रेती पनि करिब ५ वर्षपछि फिल्ममा फर्किने तयारीमा जुटेका छन् । उनले अर्को वर्षको सुरुवातबाटै नयाँ फिल्म निर्देशन थाल्ने भएका छन् । रातोपाटीसँग कुराकानी गर्दै निखिलले आफू नयाँ फिल्मको प्रोडक्सनमा लागेको बताए । आफ्नो निर्माण रहने फिल्म सुपर हिरोको कथामा हुने उनले जानकारी दिए ।

‘फिल्म द्वन्द्वप्रधान, सुपर हिरोको कथामा हुनेछ’, निखिलले भने ‘मेरो फिल्मले युवापुस्तालाई धेरै कुरा सिकाउनेछ ।’ फिल्मका लागि निखिल अहिले प्याराग्लाइडिङ समेत प्राक्टिक्स गरिरहेका छन् ।

निखिलले केही अगाडि अर्को एक फिल्म सामाजिक पारिवारिक विषयमा निर्माण तयारी गरेका थिए । जसको तीन गीत समेत रेकर्ड भएको थियो । ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो मेरो फिल्मले देखाउँछ’ उनले भनेको थिए । अहिले भने उनी सुपर हिरोको कथामा फिल्म बनाउने तयारीमा छन् ।

एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चित छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?