दिपेन्द्र गौचनको फिल्म केटी हराएको सूचना माघ ११ बाट प्रदर्शन हुने

सर्वज्योति
  • ख-
  • ख+

नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म मिसिङः केटी हराएको सूचना को प्रदर्शन मिति घोषणा गरिएको छ।

फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउने भएको हो।

बिहीबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

यसअघि यो फिल्म कात्तिक ३० मा प्रदर्शन हुने तयारीमा थियो। त्यसअघि रिलिज पूर्णबहादुरको सारंगीले आक्रामक व्यापार गरिरहेकाले फिल्मको निर्माण टिमले पूर्वनिर्धारित मिति स्थगित गरेका थिए।

तीन दशकअघिको चर्चित डकु–ड्रामा उजेली का निर्देशक दीपेन्द्र गौचनले मिसिङः केटी हराएको सूचनाु को लेखन तथा निर्देशन गरेका हुन्।

कम्बोडिया बस्दै आएका निर्देशक गौचनले २२ वर्षपछि नेपाल फर्किएर यो फिल्म बनाएका हुन्।

फिल्ममा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा निर्देशक गौचन स्वयं छन्।

कार्यकारी निर्मातामा नकिम उद्दिन र किरणभक्त जोशी छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?