तनहुँ । तनहुँको बन्दिपुर गाँउपालिका वडा नं. ३ स्थित तामुङ आधारभूत विद्यालयमा रोटर्याक्ट क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरेको छ ।
गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका १४ जना विद्यार्थीहरूको पहिचान गरी न्यानो कपडा टोपी, झोला, सुइटर र शैक्षिक सामग्री वितरण गरिएको क्लबले जनाएको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा विद्यालय परिवार खुशी भएको पनि क्लबले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयव्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापाले क्लबको सहयोग प्रति धन्यवाद व्यक्त गरे । क्लबले जिल्लाका विभिन्न स्थानमा प्रत्येक वर्ष विपन्न र गरिब विद्यार्थीहरूको लागि न्यानो कपडा, खानेपानी, सरसफाइ, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको छ ।
स्व। पार्वती अधिकारीको सम्झनामा गरिएको नेशनल इलेक्ट्रोनिक्स र विद्यार्थी पुस्तक पसलले सौजन्य गरेका थिए । उक्त कार्यक्रममा गण्डकी वाङ्मय प्रतिष्ठानका निवर्तमान अध्यक्ष अर्जुन अधिकारी (सागर उदास), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।








