तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १ मा रहेको निर्मल माध्यमिक विद्यालयमा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सूर्योदय क्लबद्धारा संचालित बालिका शिक्षा कार्यक्रमा रहेको शिक्षक निर्देशित मोडल अन्तर्गत जीवन उपयोगी सीप तालिम संचालन गरियो । कार्यक्रममा निर्मल मा. वि. मा कक्षा ७ मा अध्ययनरत बालिकाहरुलाई जिवन उपयोगी सीप शिक्षा तालिम अन्तर्गत उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा तालिम, छलफल तथा अन्तरक्रिया कार्याक्रम आयोजना गरिएको थियो ।
व्यास १ का वडा अध्यक्ष रमेशचन्द्र हड्खलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यास नगर शिक्षा शाखा प्रमुख केदार आचार्य , रुम टु रिडका फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेल, रुम टु रिडका प्रोग्राम अफिसर नित्यानन्द पाण्डे, सूर्योदय क्लबका कार्यक्रम प्रवन्धक प्रदिप राना, निर्मल मा. वि. का सहायक प्रधानाध्यापक वीर बहादुर बस्नेत, सूर्योदय क्लबका प्रोग्राम अफिसर लक्ष्मी नेपाल, सूर्योदय क्लबका प्रोग्राम अफिसर रेशम श्रेष्ठ, सूर्योदय क्लबका प्रोग्राम अफिसर कलावति विमली, सिनियर सोसियल मोविलाईजर ममता कोईराला, सोसियल मोविलाईजर मोनिका पौडेल , शिक्षक सहजकर्ताद्धय निर्मला नराल र दुर्गा पाण्डे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो ।
कार्यक्रममा सूर्योदय क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले कार्यक्रमको उद्धेश्य बारे स्पष्ट पार्दै सूर्योदय क्लबका बारेमा पनि जानकारी प्रदान गरेको थिए ।
कार्यक्रममा व्यास नगर शिक्षा शाखा प्रमुख केदार आचार्यले रुम टु रिडले प्रदान गरेको शिक्षक निर्देशित मोडेल अन्तर्गतको जीवन उपयोगी सिप तालिम प्रभावकारी भएको बताएका थिए ।
२१ जना बालिकाहरु सहभागी भएको कार्यक्रममा बालिकाहरुले उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा गरिएको तालिम, छलफल तथा अन्तर्क्रिया निकै प्रभावकारी र जीवन उपयोगी भएको बताएका थिए ।
कार्यक्रम फोकल शिक्षक दुर्गा पाण्डेले उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा सेसन संचालन गर्नुका साथै सहजिकरण गरेको उक्त कार्यक्रममा बालिकाहरुले उमेर पुगेर मात्र विवाह गर्ने बिषयमा आफुलाई लागेका जिज्ञाशा राख्नुका साथै यस्को राम्रो नराम्रो पक्षका बारेमा समुहगत छलफल गर्नुका साथै आ आफ्नो धारणा र जिज्ञाशा पनि राखेका थिए ।
कार्यक्रमको अझ प्रभावकारीता दिगोपनाका लागि विद्यालय सरोकारवालाहरु र व्यास नगर शिक्षा शाखाका पदाधिकारीहरु , रुम टु रिड र सूर्योदय क्लबका प्रतिनिधिहरु बिच छलफल पनि गरिएको थियो ।
उक्त कार्यक्रमको समापनमा रुम टु रिडका फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेलले तनहुँ जिल्लाका २० वटा बिद्यालयमा यस्ता कार्यक्रमहरु संचालन भएको र निर्मल मा. वि. ले उल्लेखनिय भुमिका खेलेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विर बहादुर बस्नेतले २०७५ बाट यस विद्यालयका बालिका शिक्षाा कार्यक्रम संचालन भएको र २०८० बाट शिक्षक निर्देशित मोडल अन्तर्गत जीवन उपयोगी सिप तालिम संचालन भएपश्चात बालिकाहरुमा सकारात्मक परिवर्तन आएको बताएका थिए साथै कार्यक्रममा सूर्योदय क्लब जोडिएपछि थप आशा जागेको पनि सहायक प्रधानाध्यापक बस्नेतले बताएका थिए ।
उक्त अवसरमा बस्नेतले रुम टु रिड र सूर्योदय क्लबलाई धन्यवाद ज्ञापन गर्दै आजको कार्यक्रम अत्यन्तै उपलब्धिमुलक भएको र आउदा दिनमा यस्ता कार्यक्रमहरु गर्न विद्यालय परिवार सदैव तत्पर रहेको बताएका थिए ।