ऋषिगंको शुक्ला मा. वि. मा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सूर्योदय क्लबद्धारा जीवन उपयोगी सीप तालिम प्रदान

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ऋषिगं पालिका वडा नं. १ बेलटारमा रहेको शुक्ला माध्यमिक विद्यालयमा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सूर्योदय क्लबद्धारा संचालित बालिका शिक्षा कार्यक्रम  रहेको शिक्षक निर्देशित मोडल अन्तर्गत जीवन उपयोगी सीप तालिम मंगलवार संचालन गरियो । उक्त तालिम कार्यक्रममा शुक्ला मा. वि. मा कक्षा ७ मा अध्ययनरत बालिकाहरुसग जिवन उपयोगी सीप शिक्षा तालिम अन्तर्गत मेरो आवश्यकता वा चाहना ? बिषयमा तालिम, छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ऋषिगं गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सहभागी भएका थिए । उक्त अवसरमा ऋषिगं गाउँपालिका कार्यपालिका सदस्य सबिना राना, ऋषिगं गाउँपालिका वडा नं. १ का अध्यक्ष कुशबहादुर थापा, रुम टु रिडका फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेल, रुम टु रिडका प्रोग्राम अफिसर नित्यानन्द पाण्डे, सूर्योदय क्लबका कार्यक्रम प्रवन्धक प्रदिप राना, ऋषिगं गाउँपालिका नगर शिक्षा शाखाकी मन्जु पौडेल, वडा नं. १ का सदस्य धन बहादुर आले, शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर आले,, ऋषिगं गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख ज्ञानु खनाल शुक्ला मा. वि. शि.अ. संघका सदस्य गणेश क्षेत्री, यानीमाया थापा, सूर्योदय क्लबका प्रोग्राम अफिसर लक्ष्मी नेपाल, सूर्योदय क्लबका प्रोग्राम अफिसर रेशम श्रेष्ठ, सूर्योदय क्लबका प्रोग्राम अफिसर कलावति विमली, शिक्षक सहजकर्ताद्धय मन्जु न्यौपाने र सुनिता बुढाथोकी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सूर्योदय क्लबका कार्यक्रम प्रबन्धक प्रदिप रानाले रुम टु रिड सगको आर्थिक तथा प्राविधिक सहयोगमा सूर्योदय क्लबले गरेका कामहरुको बारेमा बताएका थिए ।

कार्यक्रममा सहभागी बालिकाहरुसगको मेरो आवश्यकता वा चाहना ? बिषयमा तालिम तथा अन्तर्क्रिया गर्नुका साथै उक्त बिषयमा गरिएको तालिम, अन्तर्क्रिया र छलफलको प्रभावकारिताको बारेमा बालिकाहरुको राय बुझिएको थियो । उक्त अवसरमा बालिकाहरुले रुम टु रिडको यस प्रकारको तालिमबाट आत्मविश्वास बढेको, विभिन्न सत्रमा विविध बिषयमा जान्न र सिक्न पाउदाँ छरछिमेक, साथीभाई तथा परिवारलाई पनि त्यस बिषयमा बुझाउन सकिएको अनुभव भएको बताएका थिए ।

शिक्षक सहजकर्ता मन्जु न्यौपानेले आफ्नो आवश्यकता वा चाहना बिषयमा तालिम प्रदान गरेपश्चात बालिकाहरुसग रुम टु रिड, सूर्योदय क्लबका प्रतिनिधिहरुले अन्तर्क्रिया तथा छलफल गर्दै आउदा सत्रहरुमा पनि बालिकाहरुलाई प्राथपमकतामा राखेर तालिम संचालन गर्ने बताएका थिए ।

बालिकाहरुसगको तालिम, अन्तर्क्रिया र छलफल पश्चात बसेको ऋषिगं गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि, जनप्रतिनिधिहरु, रुम टु रिड र सूर्योदय क्लबका प्रतिनिधि, विद्यालयका परिवारको सामुहिक छलफलमा रुम टु रिडका फिल्ड प्रोग्राम म्यानेजर दिनेश पोखरेलले ऋषिगं गाउँपालिकाको एउटामात्र विद्यालयमा लागु गरिएको जीवन उपयोगी सिप तालिम ऋषिगं गाउँपालिकाका अन्य विद्यालयमा पनि लागु गर्न जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताएका थिए ।
उक्त अवसरमा ऋषिगं १ का अध्यक्ष कुश बहादुर रानाले रुम टु रिडले शुक्ला मा. वि. मा प्रदान गरेको सेवाबाट विद्यार्थीहरुमा देखिनेगरि परिवर्तन आएको कारणले ऋषिगंका सबै बिद्यालयहरुमा जिवन उपयोगी सीप शिक्षा तालिम संचालन गर्न आफुले कार्यपालिका बैठकमा कुरा उठउने र त्यसको लागि सम्बन्धित शाखाले प्रस्ताव पेश गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा रुम टु रिडका प्रोग्राम अफिसर नित्यानन्द पाण्डेले तालिममा सहभागी बालिकाहरुमा देखिएको आत्मविश्वास, आफु समुहमा प्रस्तुत हुने शैलीले गर्दा कार्यक्रमको अपरिहार्यताको बारेमा सोच्न सबैलाई आग्रह गरेका थिए ।

रुम टु रिडका कार्यक्रमहरुले आफ्नो विद्यालयमा सकारात्मक प्रभाव पारेको अनुभव सुनाउदै शुक्ला मा. वि. का प्रध्यानाध्यापक केशर बहादुर आलेले प्राविधिक ताथ आर्थिक सहयोग गर्ने संस्था रुम टु रिड र आजको कार्यक्रम आयोजक सूर्योदय क्लबलाई धन्यवाद दिनुका साथै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशा नेपालीले आफुले पनि रुम टु रिडका कार्यक्रमले विद्यालयका साथै समाजमा पनि प्रभाव पारेकोले यस्को आवश्यकता र संचालनको बारेमा सबैजना गम्भिर हुनुपर्ने भनाई व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?