तनहुँ । व्यास १४ का अविनाश पन्थले संचालन गरेको न्यानो स्विटर अभियानले व्यास नगरपालिका वडा नं. ६ स्याम्घामा रहेको शंकर आधारभूत विद्यालयमा २६ थान स्विटर प्रदान गरेको छ । पन्थले उक्त विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न बालबालिकाको लागि २६ थान स्विटर हस्तान्तरण गरेका हुन् । आफ्नो अभियान जाडोको समयमा कुनै पनि बालबालिका कठांग्रिएर विद्यालयमा आउजाउ गर्न नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएकोले त्यस्ता विद्यालय र विद्यार्थीहरु खोजि स्विटर सहयोग गरेको पन्थले बताएका छन् ।








