तनहुँ ‘दमौलीका कलाकार समीम खानद्धारा अभिनित ‘मायावी’ चलचित्रको ‘टल टल टल्कियो’गीत सार्वजनिक

माधब पौडेल
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. २ दमौलीका बासिन्दा समीम खानले अभिनय गरेको नेपाली चलचित्र मायावी’ को गीत सार्वजनिक भएको छ । खानले अभिनय गरेको मायावी चलचित्रको ‘टल टल टल्कियो’ गीत सोमवार सार्वजनिक भएको हो । यसभन्दा अगाडि सार्वजनिक भएको् गीत त्यो माया हो मा समिम खानको अभिनय नरहे पनि सोमबार सार्वजनिक गरिएको यो गीतमा खानलाई पनि प्रशस्त मौका दिईएको छ ।

गीतको भिडियोमा समिम खानसग अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ । सार्वजनिक गीतको भिडियोमा दीपिकाको समीम खानसँग इन्गेजमेन्ट भएपछि पल विवाह स्थलमा प्रवेश गरेर गीत गाएको देख्न सकिन्छ । अग्ला र आर्कषक देखिएका समीमले गीतमा अभिनयका साथै नृत्य पनि राम्रो गरेकोले चलचित्रक्षेत्रमा सम्भावना देखिएको उत्तः गीत हेरेपछि विभिन्न व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह(निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।
एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द, र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी रहेको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता रहेको चलचित्रमा राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा रहेका छन् । चलचित्र आगामी फागुन १४ गते महाशिवरात्रीका दिनबाट  प्रदर्शन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?