
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० सेवरको श्री सर्वज्योति मा.वि.को ४३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । व्यास १० का अध्यक्ष खेमराज पोखरेलको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा व्यास १० का वडा सदस्य ईश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष हरिभक्त अधिकारी, मदन तिमल्सेना, सेवर टोल बिकास संस्थाका अध्यक्ष टुमप्रसाद मिश्र, समाजसेवी ऋषिराम ढुगांना सेवक, विद्यालयका पुर्व शिक्षकहरु टिकाराम दाहाल, डा. किरणचन्द्र पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयकी निमित्त प्रधानाध्यापक मनु सापकोटाले विद्यालयको अवस्था, प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने उक्त अवसरमा विद्याथीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।