माग्ने बुढा अर्थात केदार घिमिरे पछि चलचित्र माग्ने राजामा आर्यन सिग्देलको ईन्ट्रि

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । माग्ने बुढा अर्थात केदार घिमिरलाई किर्तिमानी रकममा भित्र्याएको माग्ने बुढाको चलचित्र युनिटले अर्का व्यस्त कलाकार आर्यन सिग्देललाई चलचित्रमा भित्उाएको छ । अभिनेता यतिबेला व्यस्त अभिनेतामध्ये एक आर्यन सिग्देल लयमा फर्किएर एकपछि अर्को फिल्म साइन गरिरहेका छन् । माग्ने राजामा केदार घिमिरेपछिको एक महत्वपूर्ण रोलमा आर्यन सिग्देललाई साईन गरिएको निर्माण टिमले जनाएको छ ।
‘माग्ने राजा’मा केदार घिमिरे, वर्षा सिवाकोटी, शिशिर बाङ्देल, पवित्रा साँखी लगायत कलाकार रहेका छन् भने फागुन १ देखि यो फिल्मलाई काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा छायांकन गर्ने तयारी रहेको छ । नरेन्द्र मैनालीको छायांकन, दीपक शर्माको संगीत र सामीप्य तिमिल्सेनाको पटकथा लेखन हुने चलचित्रको निर्देशक ऋषि लामिछाने रहेका छन् । मुनाल घिमिरे निर्माता रहेको चलचित्रो आरम्भ फिल्म प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?