छाब्दी बाराही आधारभूत विद्यालयको ४५औँ बार्षिकोत्सव सम्पन्नः युवा समाजसेवी अविनाश पन्थ सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं. १२ को छाब्दी बाराही आधारभूत विद्यालयको ४५औँ बार्षिकोत्सव  सम्पन्न भएको छ। व्यास नगरपालिका वडा नंं १२ का अध्यक्ष बम बहादुर आलेको अध्यक्षतामा  बार्षिकोत्सव सम्पन्न गरिएको हो । कार्यक्रममा उक्त विद्यालयको शैक्षिक सुधारका लागि न्यानो कपडा वितरण गरेका व्यास १४ निवासी युवा समाजसेवी अविनाश पन्थलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र प्रसाद कडेंलको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरूले हराउँदै गएको सांस्कृतिक सम्पदा लाखे नाच प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?