आदिवासी जनजाति आयोगद्धारा आदिकवि भानुभक्त क्याम्पस सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

आदिकवि भानुभक्त क्याम्पस, व्यास १ विज्ञानचौर, तनहुँलाई आदिवासी जनजाति आयोग, ललितपुरद्वारा सोमवार दिउसो सम्मान गरिएको छ।

भानुभक्त क्याम्पसले नेपालको संविधानको मर्म र भावनालाई आत्मसात गरी आदिवासी जनजाति मातृभाषाको संरक्षण र प्रवर्धन गर्न नेपालमै क्याम्पस स्तरमा पहिलो पटक मगर भाषाको अध्ययन, अध्यापन र प्रशिक्षण गराउने कार्य गरेकोले आयोगद्वारा सम्मान गरिएको हो ।

जनजातिको भाषा संरक्षणको क्षेत्रमा कसले गरेको उल्लेखनीय कार्यको उच्च मूल्याङ्कन गर्दै आदिवासी जनजाति आयोगको चौथो वार्षिक उत्सव – २०८१ को अवसरमा माघ २१ गते दिउँसो ललितपुर स्थित स्टाफ कलेजको सभाहलमा क्याम्पस लगायत देशभरका ९ वटा संस्थाका प्रमुखहरूलाई सम्मान गरिएको थियो ।

आयोगको स्थापना दिवस समारोहमा आयोजना गरिएको प्रमुख अतिथि सम्माननीय सभामुख र आयोगका अध्यक्ष मा। राम बहादुर थापा मगरले सम्मानित संस्थाका प्रमुख हरुलाई प्रशंसापत्र र दोसल्लाबाट सम्मानित गर्नु भएको ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?