कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका ५ हजार ५ सय भन्दा बढि शिक्षक अभाव

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । कर्णाली प्रदेशमा ५ हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै ५ हजार ५ सय ४९ शिक्षक रिक्त रहेको बताए।

कर्णालीमा २ हजार ९ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार ३ सय ८४ हो । ९ सय २७ प्रा. वि. मा ६ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी ८ हजार ७ सय ९३ हो भने अहिले ८ हजार १ सय ४९ जनामात्र छन् ।

यस्तै १ हजार १४० निम्नमाध्यमिक विद्यालयमा २ हजार ६ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने ४ हजार ५ सय ६० शिक्षक हुन्छ भने अहिले १ हजार ८ सय ६१ जना कार्यरत छन् ।

यसैगरी, ६ सय ५ मा. वि. मा १ हजार ७ सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने ३ हजार २५ शिक्षक हुन्भने अहिले १ हजार २ सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च मा. वि. मा ४ सय ५७ शिक्षक अपुग छन् । यस तहमा १ हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले ५ सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए ।

उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रा. वि. तहमा तीन, नि. मा. वि. तहमा चार, मा. वि.  तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् ।
निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च मा. वि. सम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत  छन्  भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।
रासस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?