‘लेकाली’ व्याण्डले शुक्लागण्डकी महोत्सवमा लाइभ कन्सर्ट गर्दै

सर्वज्योति
  • ख-
  • ख+

११ फागुन । तनहुँ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आइतवार पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ को लाइभ कन्सर्ट हुने भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवामा राती ८ बजेदेखि १० बजेसम्म सो प्रस्तुती रहने कन्सर्ट संंयोजक प्रकाश थापाले जानकारी दिए । कन्सर्ट महोत्सव स्थल बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको परिसरमा हुने छ ।
विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन् । ब्याण्डमा गायक नवीन गुरुङसँगै विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन् । लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो । त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो । पोखरामा साङ्गीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो । लेकालीले देश तथा विदेशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ । सङ्गीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो ।
आगामी फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा कुल ४ दिन लाइभ कन्सर्टको व्यवस्थापन गरिएको थापाले जानकारी दिए । तेस्रो महोत्सवमा दर्शकहरुको उत्साहजनक उपस्थिति भएपछि यसपटक ४ दिन कन्सर्ट राखिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?