आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

आँबुखैरेनी । फागुन १९ गते । सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला –२०८१ कार्यक्रम गरेको छ ।
रामशाह माध्यमिक विद्यालयको सभाहलमा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
बालबालिकामा रहेको अन्तरहीन प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबाट ४१ जना विद्यार्थी सहभागि उक्त स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशालामा लक्ष्मी मावि प्युघर कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रवेश आले प्रथम हुन सफल भएका छन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्य, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर, आँबुखैरेनी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख वावुराम देवकोटा, रामशाह मा. वि. का प्रधानाध्यापक प्रेमराज लामिछान लगाएतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?