दमौलीको बाराही आवासिय मा. वि. ले गर्यो कक्षा १० का बिद्यार्थीहरुलाई भव्य बिदाई कार्यक्रम

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा रहेको बाराही आवासिय माध्यमिक विद्यालयले यस बर्षको एईई परिक्षामा सामेल हुने कक्षा १० मा बिद्यार्थीहरुलाई बिदाई कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाराही आवासिय मा.वि. प्लस टु का सहायक क्याम्पस प्रमुख दिनेश थापाले एसईई पश्चातको अध्ययनका लागि शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धामनिधि पन्थ, विद्यालयका एडमनिनिष्ट्रेनिभ डाईरेक्टर सन्देश नारायण श्रेष्ठले विद्याथीहरुलाई शुभकामना दिदै जिवनमा कुनै गोल लिएर अध्ययन गर्न र एसईई पश्चात बिषय छान्नको लागि सुझाव दिएका थिए । लामो समयदेखि तनहुँको दमौलीमा संचालन आएको बाराही आवासिय माध्यामिक विद्याmयबाट चैत ७ गतेबाट शुरु हुने यस बर्षको एसईई परिक्षामा ५४ जना विद्यार्थीहरु सहभागी हुन गईरहेका छन् ।
उक्त विदाई कार्यक्रममा विद्यार्थीहले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?