डुम्रे महोत्सवमा आज बहुला गायक रमेशराज भट्टराई आउने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक महोत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय कलाकारले मनोरञ्जन दिइरहेका छन् । महोत्सवमा आज गायक रमेशराज भट्टराई , रेनुका भट्टराई , सुभाष गुरुङ , सीता विसी लगायतका कलाकारहरू आउने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । उनिहरू सँगै अन्य स्थानीय कलाकारले महोत्सवमा मनोरञ्जन दिने श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा सोमबार चर्चित गायिका रचना रिमालले भरपुर मनोरञ्जन दिएको कलाकार संयोजक सुनिल श्रेष्ठले बताए । गायिका रिमालले करिब आधा दर्जन गीत गाउँदै स्टेज तताएकी थिइन् । यस्तै महोत्सवमा खुला दोहोरी प्रतियोगिता समेत भइरहेको छ । महोत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयोजकले महोत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महोत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हो । यस्तै महोत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । यस्तै महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?