भ्रष्टाचार र बेथितिको विरुद्ध लक्ष्मण पोखरेलको चमक चमक चमको म्युजिक भिडियो सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौं । युवा संगीतकार लक्ष्मण पोखरेलको नया गीत चमक चमक चमको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द संगीत र स्वरमा संगीतकार पोखरेलले उक्त गीत सार्वजनिक गरेका हुन् । सामाजिक राजनिति बेथितिका विषयमा सरल शब्द र भावमा पोखरेलले चमक चमक चम दर्शक श्रोताहरु माझ ल्याएका हुन् । पहिलो पटक आफै गायकको रुपमा गीत गाएका पोखरेल अहिलेका व्यस्त संगीतकारमा पर्दछन् । एल पि म्युजिक क्रिएशन युटुव च्यानलबाट सार्वजनिक गरिएको चमक चमक चममा मनोज चौलागाईको संगीत संयोजन,राजेश श्रेष्ठको रेकर्डिङ् किशोर थापाको ध्वनि सम्पादन रहेको छ । ओम प्रकाश वस्तीको छायांकन सम्पादन र निर्देशन रहेको चमक चमक आम नेपाली दर्शक श्रोताहरुले रुचाउनेमा संगीतकार पोखरेल आशावादी रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?