ऋतिक रोशन ”कृष ४”मा ट्रिपल भूमिकामा देखिने

सर्वज्योति
  • ख-
  • ख+

बलिउड अभिनेता ऋतिक रोशन ”कृष ४” बाट निर्देशनमा डेब्यू गर्दैछन्। यसैबीच फिल्मलाई लिएर रोचक खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार यस फिल्ममा ऋतिक रोशनको ट्रिपल भूमिका हुनेछ। उनी रोहित, कृष र खलनायकको भूमिकामा देखिने बताइएको छ। त्यस्तै फिल्ममा प्रीति जिन्टाको मुख्य भूमिका हुनेछ। फिल्ममा नोरा फतेही पनि हुने बताइएको छ।
यस फिल्मलाई राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्नेछन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मको स्क्रिप्ट तयार भइसकेको छ। यो फिल्मको २०२६ मा छायांकन सुरू हुनेछ। ऋतिक यतिबेला वार २ मा काम गरिरहेका छन्। यो फिल्मको छायांकन सकिएपछि उनी कृष ४ को छायांकन सुरू गर्नेछन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?