साउन २३ गते रिलिज गरिने फिल्म ‘मोहर’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ ।आउँदो साउन २३ गते, २०८२ साल अर्थात ८ अगस्ट, २०२५ मा रिलिज गरिने फिल्म ‘मोहर’ को फर्स्ट लुक पोस्टर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।
”ए स्टोरी बेस्ड अन अनरिटेन रुल्स” भन्ने ट्याग लाइन दिइएको फिल्म मोहर को सार्वजनिक पोष्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ । पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरिरहेका छन् भने बेनिशाको अनुहारमा डर भाव छ र नीति हर्षित मुद्रामा छिन् । अर्जुन जङ्ग शाही भने गम्भीर मुद्रामा देखिएका छन् ।
फिल्मको पोष्टरमा यसको नाम     मोहरू र मोहरको लोगोलाई ठूलो स्थान दिइएको छ । यस फिल्मका अन्य प्रमुख कलाकारमा मिथिला शर्मा, रवीन्द्र झा, सुशील देवकोटा, लक्ष्मी गिरी, मिस पवि र बाल–कलाकार सारा शर्मा रहेका छन् ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ूमोहरू का निर्माता चुम्बन जंग शाही हुन् । फिल्म मेकर्स प्रा..व्यानरमा निर्माण भएको यो फिल्ममा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ । लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यो फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको समेत जानकारी प्राप्त भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?