
तनहुँ । क्षेत्रीय होटल संघ तनहुँको १७ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशन बिहीबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले चन्द्रकुमार कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको बरिस्ठ उपाध्यक्षमा बिकास खनाल , प्रथम उपाध्यक्षमा बिपीन प्रधान , द्धितीय उपाध्यक्षमा रामचन्द्र खड्का , सचिवमा सीता पहारी र कोशाध्यक्षमा संगीता प्रधान चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा सुरज गुरूङ , ईश्वर प्रसाद लामिछाने र सुनिल खड्का चयन भएका छन् ।
त्यस अगाडि भएको कार्यक्रमको क्षेत्रीय होटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा कानुनी सल्लाहकार कमलामोहन वाग्ले , सल्लाहकार महेन्द्र मोहन भट्टराई , द्धितीय उपाध्यक्ष विपीन प्रधान ,आँबुखैरेनी बजार इकाईका सभापति कुमार श्रेष्ठ , दमौली बजार इकाईका सभापति बालकृष्ण आले , डुम्रे बजार इकाईका सभापति सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव रामचन्द्र खड्काले महासचिवको प्रतिवेदन तथा कोशाध्यक्ष विज्ञान कैनीले कोशाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष बिकास खनालले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र खड्काले गरेका थिए । क्षेत्रीय होटल संघको जिल्लामा ६ वटा बजार इकाई रहेको छ ।