नेपालबाट विद्यार्थीसँगै बाहिरियो १ खर्ब ३ अर्ब ८४ करोड

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ९ महिना ९साउन–चैत० सम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव चैत मसान्तसम्मको वित्तीय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार गत वर्ष सोही अवधिमा भने ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।
चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।
उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ ।
तथ्यांक अनुसार भ्रमण आयको तुलनामा व्यय माथि देखिन्छ र जसले गर्दा खुद सेवा आय ८१ अर्ब ५४ करोड घाटामा छ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?