सविन ज्ञवाली बने अस्ट्रेलियामा ‘उदीयमान फिल्म निर्माता’, पाए ३५ हजार डलर

सर्वज्योति
  • ख-
  • ख+

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ ।
त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट उदीयमान फिल्मकर्मी घोषित भएका छन् ।
उपाधिसँगै ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर प्राप्त गरेका छन् । सिड्नीजस्तो प्रमुख सहर रहेको न्यू साउथ वेल्स राज्यमा बसोबास गर्दै आएका युवा फिल्ममेकरलाई स्क्रिन बोर्डले वर्षेनी पुरस्कृत गर्ने गर्छ ।
सम्बन्धित मेकरले फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गरेर यो पुरस्कार प्रदान गरिन्छ । ‘यो सम्मानले मलाई काममा सक्रियतापूर्वक लाग्न ऊर्जा दिएको छ’ ज्ञवालीले भने ।
अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?