तनहुँ । पहाडकी रानी बन्दीपुरको पर्यटन प्रबर्द्धनका लागि बन्दीपुर १ डुम्रे बजारको मनास्लु बोर्डिङ्ग स्कुलले विद्यार्थीलाई बन्दीपुरका विभिन्न स्थानहरुको भ्रमण गराएको छ । त्यसै क्रममा उक्त स्कुलले कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरुलाई बन्दीपुरको मीनि ग्रेटवालको भ्रमण गराएको हो । यसै क्षेत्रका विद्यार्थीहरुले आफ्नो स्थानको बारेमा पनि जानकारी दिन आन्तरिक पर्यटकहरु मार्फत पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन र विद्यार्थीहरुलाई रिफ्रेसमेन्ट गराउन पनि भ्रमण गराएको विद्यालयका प्रिन्सिपल हरि चन्द्र अधिकारीले बताएका छन् । साथै विद्यार्थीहरुलाई बन्दीपुरका विभिन्न गन्तव्यहरुमा भ्रमण गराउने अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि कार्यक्रम रहेको प्रिन्सिपल अधिकारीले बताएका छन् । आजको भ्रमणमा करिब कक्षा ३ का १ सय जना विद्यार्थी सहभागी भएको पनि प्रिन्सिपल अधिकारीले जानकारी दिएका छन् । मन्टेश्वरी देखि कक्षा १२ सम्म अध्यापन हुने डुम्रे बजारको शिरमा रहेको मनास्लु बोर्डिङ्ग स्कुलमा करिब १६ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।








