
गीतकार रञ्जना न्यौपानेको शब्द रचनामा लोकप्रिय गायक स्वरुपराज आचार्य र लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा रहेको नया गीत बन्द खाम २ सार्वजनिक भएको छ । चर्चित संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको गीतमा अशोक थापाको संगीत संयोजन राजेश श्रेष्ठको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरीङ रहेको छ । गीतको भिडियो निर्देशन समाजसेवी उमेश सापकोटाले गरेका छन् । गीतमा अभिनय स्वयम गीतकार रञ्जना न्यौपाने र निर्देशक उमेश सापकोटा बालकलाकारमा रुतभि सापकोटा प्रियन्श सापकोटाको रहेको छ । छायांकन मिलन थापा, गोपाल मगर सम्पादन बाल कुमार मगर कथा परिकल्पना उमेश सापकोटाको रहेको छ । पछिल्लो समयमा नेपाली गीत संगीतमा देखिएको विकृति बिसंगतिलाई बन्द खाम २ ले चिर्न सफल भएकोमा गीतकार रञ्जना न्यौपाने खुसी छन् । छोटो समयमा गीतलाई दर्शक श्रोताहरुले रुचाई दिनुभएकोमा थप हौसला मिलेको निर्देशक उमेश सापकोटा बताउछन् । लामो समयको अन्तरालमा यस्तो कर्णप्रिय सुमुधुर गीतमा आवाज दिन पाएकोमा गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तलाई पनि खुसी लागेको बताउछन् । अहिलेको अनेक किसिमका गीतहरुको बाडि आई रहेको अवस्थामा मेलोडि संगीत तयार पार्न पाएकोमा संगीतकार लक्ष्मण पोखरेल पनि दंग छन् । गीत रञ्जन न्यौपाने युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।