
काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा प्र रहेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । टिजरमा देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भनेको छ ।
देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश यसमा छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ । फिल्म यही कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ ।
ओम प्रतीकले निर्देशन गरेको चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाही , सुशिल देवकोटा लगायतको अभिनय छ ।
टिजरले चलचित्रको कथावस्तु, प्रस्तुतीकरण र चरित्र चित्रणबारे संक्षिप्त झलक दिन्छ । अभिनेता शाह यसमा देउकी कुप्रथा रोक्न संघर्ष गरेका पात्रको रोलमा छन् । बेनिशालाई बालिकाको आमाको भूमिकामा देखाइएको छ । चलचित्र चुम्बनजंग शाहीले निर्माण गरेका हुन् ।