PVP गैंडाकोट द्वारा नगरस्तरीय वक्तुत्वकला प्रतियोगिता सप्पन्न

सर्वज्योति
  • ख-
  • ख+

चितवन । प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल गैंडाकोट नगर एकाइ समितिद्वारा आयोजित नगर स्तरीय वक्तुत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्रराज श्रेष्ठको प्रमुख आथित्यता सम्पन्न भएको कार्यक्रमका सभापति आयुश पौडेल रहेका थिए।
कार्यक्रम लाई सम्बोधन गर्दै श्रेष्ठले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता किसिमका रचनात्मक गतिविधि आवश्यक रहेको र सो आवश्यकता प्राज्ञिक बिद्यार्थीले पूरा गर्दै आएको बताए । यस्ता रचनात्मक गतिविधिहरु स्थानीय तह बाटै संचालन हुनुपर्ने बताए । येस्ता रचनात्मक गतिविधिहरुमा बिधालय र शिक्षक दुबै भएर बिद्यार्थीलाई प्रतिभावान बनाउन येस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए।
लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा तपस्या कंडेल प्रथम भएकी छिन् भने गैंडाकोट इङलिस बोर्डिङ स्कुलकी छात्रा स्नेहा तिवारी द्वितीय भएकी छिन्। साथै रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा प्रशंसा पौडेल तृतीय भएकी छिन्।
कार्यक्रममा बाल सस्कार कार्यक्रमका राष्ट्रिय अभियन्ता हिरालाल कंडेल,यज्ञ विलास पौडेल , गैंडाकोट इङलिस बोर्डिङ स्कुलका प्राचार्य हिरालाल अर्याल , गैंडाकोट नगरभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी,अध्यापन गराउने शिक्षक र गैडाकोट नगर एकाइ समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण दिवाकर अधिकारीले गरेको गैडाकोट नगरपालिका समितिका संगठन सचिव महेन्द्र ढुङ्गानाले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?