कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ ।
राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।
एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।
यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ ।
साभारः रातोपाटी
तस्बिर: नेपाल फोटो लाइब्रेरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?